कीर्तिपुर नगरपालिकाले सौगात गृह संचालन गर्ने

कीर्तिपुर नगरपालिकाले सौगात गृह संचालन गर्ने

कपन अनलाइन

काठमाडौं, श्रावण १९। कीर्तिपुर नगरपालिकाले सौगात गृह संचालन गर्ने सम्बन्धी सार्वजनिक सुचना जारि गरेक छ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा द्वारा जारि गरिएको उक्त सुचनामा  कीर्तिपुर नगरपालिकाले कीर्तिपुर क्षेत्र भित्रका उद्यमीहरुको उत्पादन प्रवर्द्धन एबम बजारीकरण गर्ने उदेश्यले सौगात गृह / कोशेली घर संचालन गर्न लागेको हुँदा सो क्षेत्र भित्र रहेका सम्पूर्ण उद्यमीहरुले २०७८ साल साउन २४ गते आइतबार भित्र नगरपालिकाको गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्रपा) मा संलग्न फारम बमोजिम बिवरण सहित सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

सम्पर्क ब्यक्तिहरु

१) नानी महर्जन (महिला उद्यम विकास सहजकर्ता (९८६०२४२१९९ )

२) बबिता के.सी (उद्यम विकास सहजकर्ता ( ९८४९९४८७०९)

३) असिम थापा (उद्यम विकास सहजकर्ता) (९८६८३२४०२५)

तपाइँको प्रतिक्रिया ।