देशको मर्म : बालकृष्ण दंगाल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन ९।
रोहिरहेको बिगत बर्ष, बर्षा सरि झैं ।
कालै नआई किन मर्छ, सहिद भै ।।
पुण्य भुमिको मर्म, नबिर्ष कहिल्यै ।
भाई–भाईको घमण्डलाई, सुधारौं पहिल्यै ।।
रून्छिन् आमा आँसु झारी, सम्झि छोरा छोरी ।
को ठूलो को सानो, भन्छिन् बरा बरि ।।
टिका छैन निधारमा, हेर महिलाको ।
रातो टिका न हुँदामा, कति अस्व भाको ।।
नेपाली नै दाजु भाईको ज्यान, कसले कता हाले ।
महिलाहरूको रातो टिका, तिनैले नै फाले ।।
आफ्नो भाषा नबुझिदिने, बुद्ध प्रेमीहरू ।
टाढैबाट सेबक बन्छन्, आशा राख्ने बरू ।।
सपुत बस्छन् शालिक, बनेर यहाँ ।
भ्रष्ट धेरै बन्यौकी क्या हो, छैन शान्ति यहाँ ।।
भन्छन् बुद्धको देश, खै कहाँ हरायो ।
कस्तो रहेछ त्यो कुर्सि सधैं झगडा गरायो ।।
आमा त भन्थिन क्रोध, हटाउनु पर्छ ।
मेची र काली सबले, शान्ति पाउनु पर्छ ।।
रून्छन् अनाथ वृद्धा, सबै भई भेला ।
साहै्र दिक्क लाग्न थाल्यो, यो देश कहाँ जाला ।।
तैपनि त बिचार छैन्, उच्च पदाधिकारीलाई यहाँ ।
कहिले क्रान्ति सकिएर, शान्ति आउला यो देशमा ।।
यो धर्ती, यो आकाश, बेदनाले गुञ्जिरहेछ ।
के बुढा, के बालक, के साधु के सन्त रोहिरहेछ–रोहिरहेछ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक