केही साइनोहरू : छायाँदत्त न्यौपाने (कविता )

केही साइनोहरू : छायाँदत्त न्यौपाने (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

१. हैट् ! मेलम्ची प्रलय
सङ्कटग्रस्त भो प्राणी
दुष्ट मान्छे रुष्ट प्रकृति !

२. नजन्मेका मान्छे यी
बल्झिरहे घाउहरू
कर्तव्यहीन हठवाद ?

३. काँडा नरोपौं घोच्छ
जीवन अर्थिनुपर्छ
फूल रोपौं मुस्कुराउँछ !

४. स्वच्छ छ हावापानी
स्वस्थ मान्छे आनीबानी
गावै गाउँको देश हो नि !

५. टुक्रिए गाउँ बस्ती
बाहिरियो युवाशक्ति
के काम लाग्छ ओठेभक्ति ?

६. खाना एक्लै खाने रे !
बस्न समूह चाहिने
कुन हो यति छुचो प्राणी ?

७. जोडिऊन् हातमुख
चलून् हातगोडा सँगै
झोपडी चुलो बालोस् न है !

८. फुकून् ती मुठीहरू
खुलून् थैली–मुखहरू
पाऊन् मलम घाउहरू

९. फल श्रमकै मिठो
शिर उठेको जिन्दगी
डर ग्लानी दुवै हुँदैन ।

१०.भत्कियौ नि मेलम्ची !
किन रिसयौ प्रकृति ?
हेर ! सन्तानको बिचल्ली !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।