संस्कार : तारा के.सी. (लघुकथा)

संस्कार : तारा के.सी. (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

एक हप्ताको होस्टेल छुट्टी पछि छोरा राजुलाई लिएर लता स्कुलको होस्टेल गेटमा पुगिन् । गेटमा सुरक्षामा खटिएका पाले दाइले बिधार्थी र उनीहरूको सामान चेक गर्दै होस्टेलभित्र पठाउदै थिए ।
गेट नजिकै उभिएर राजुको साथी प्रकाशलाई उनकी आमाले भन्दै थिइन् – ‘बाबु ! होस्टेलमा नमिठो पकाउलान् न खानु । कुखुराको मासु पाक्यो भने नखानु । खसीकै चाहिन्छ भन्नु । दुध, फलफूल नियमित दिन्छन् कि दिदैनन् ? आफुलाई मन नपरेको तरकारी पाक्यो भने तुरून्तै भन्नु । नुन कडा कम होइन ठिक्क बना भन्नु ।’
मैले भनेको बुझिस् नी भन्दै छोरालाई सम्झाउदै थिइन् । छोरा चहिँ बुझे बुझे भन्दै खुर्रर दौडेर राजुसँगै होस्टेल भित्र छिर्याे । गेटको छेउनेर कुनामा बबिन आमालाई गुनासो पोख्दै रहेछ । उनी पनि आफ्नो छोरालाई सम्झाउँदै रहिछन् । के भनेको आइरन गेट हो । राम्रोसँग पढ्नु । नबुझेका कुरा सर, म्याडम सँग सोध्नु । घरमा त सधै एकनास हुँदैन । कहिले मिठो कहिले नमिठो पाक्छ । यहाँ जमात ठुलो छ । नुन कम, बढी, मिठो, नमिठो भनेर अपजस नदिनु । साथीहरूसँग मिलेर बस्नु ।’ दुई परिवार बिचमा भएका आमा छोराको कुराकानी सुनेर लता छक्क परिन् र सोचिन् –‘घरै पिच्छे बच्चालाई दिने संस्कार र शिक्षा फरक फरक पो हुदो रहेछ ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।