धुवाँको गन्धमा : पवनकुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

तिमीसँगै हुँदा मिलेका
अहिले सबै यादगार भैरहेछन
ती अबिस्मरणिय मिठा पलहरू
चुरोटका खिल्लिसङ्गै पिईरहेछु !
वर्तमानमा त
सायदै त्यस्ता पल बने होलान
त्यसैले,
बिगतका पलहरुकै सहारा लिइरहेछु !
तिनीहरुलाई नै
अमलिले सल्काएझैँ
सल्काईरहेछु !
त्यसैबाट नै
अचम्म्को स्वाद र सन्तुष्टी पाईरहेछु
यसै गरि
चुरोटसँगै आफ्नो
पल बिताईरहेछु !
जब–जब तिम्रो सम्झनाले
पिरोल्छ नि मलाई
झस्काउँछ नि मलाई
चुरोट सल्काएझैँ सल्काउछु
धुवाँलाई माथि–माथि उडाउँछु !

त्यहि चुरोटको धुवाँ
र उस्कै स्वादमा
आफुलाई भुलाउछु !
चुरोटकै सुर्को तान्दा उडिरहेका
धुवाँका मुस्लोलाई
कल्पनाका भर्याङ्ग बनाई
सपनाको देसमा
इन्देणी भेटने आशामा उक्लन्छु !
इन्द्रेणीमा देखिने
सप्तरङ्गि दृष्य
हेर्ने लालसामा
भावनाका तरङग र
छालहरूलाई
मनसुनका बादलसँग
खेलाई रहेछु !
आखाबाट समेत
कहिले घनिभुत बर्षा
कहिले श्रावणे भेल
बगाई रहेछु
यसैको लागि
कहिले सिङ्गो चुरोट
कहिले ठुटो चुरोट
पाए सम्म सल्काइरहेछु !
त्यही चुरोटको आषामा
सडक, छेउ, किनारा र
गल्लिहरुमा धाईरहेछु !
पाएसम्म छोडदिन
जे जसरी भए पनि सल्काईरहेछु
त्यहि..
धुवाँको गन्धमा
झम झम परेको
पानी सङ्गै
तिम्रो स्वाद पाईरहेछु !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।