मन : हेमा सुवेदी (कविता )

मन : हेमा सुवेदी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन ४।

मन तिमी कस्तो मन ?
कसैको सानो कुरा सुनेर नि दुख्ने
आफ्नो केही कुरा सुनाउदा नि दुख्ने
मन तिमि कस्तो मन

कसैको दुख देख्दा नि दुख्ने
सानो खुसीमा नि हास्ने
खै यो मन कस्तो मन
भन्नेले त भन्छन् कति ठुलो मन
तर खोइ कस्को मन ठुलो ?
मैले त न मेरो मन ठुलो देखे
न अरु कसैको, त्यसैले त मन तिमी कस्तो मन ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।