नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सभापतिमा रामलाल श्रेष्ठको दावी

कपन अनलाइन

काठमाण्डौ ,साउन ४।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सभापतिमा रामलाल श्रेष्ठले  दावी गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलका श्रेष्ठले क्षेय्त्र नं ४ मा रहेका अलग धारहरुलाई सर्व पक्षीय धारमा रुपान्तरण गर्नका लागि क्षेत्रीय सभापतिमा दावी गरेको बताएका छन।

२०४७ शाल देखि नेपाल विद्यार्थी संघ बाट राजनीति शुरु गरेका श्रेष्ठ २०४८ शालमा नेवी संघ चुनिखेलको सभापति बनेका थिए। नेपाली कांग्रेस चुनिखेल इकाई समितिको दुई पटक सभापति रहिसकेका श्रेष्ठ राजनीति संगै विभिन्न सामाजिक अभियानहरुमा पनि सक्रिय  रहेका छन।

डिएलएको जिल्ला सदस्य ,उपत्यका सचिव हुदै केन्द्रिय सचिवको प्रत्यासी रहेका त्यस्तै श्रेष्ठले करिव २० वर्ष कानुन व्यवसायीका रुपमा काम गरेका छन भने सांस्कृतिक सम्पदा संरक्षण र साविक चुनिखेल गाविसको सर्वदलीय संयन्त्रको प्रतिनिधिका रुपमा विकास निर्माणमा पनि योगदान पुर्याएका छन।

चुस्त संगठन र पक्ष रहित समावेसी सहभागिता सहितको सक्रिय क्षेत्र निर्माणका लागि आफुलाई सहयोग गर्नका लागि पेशाले अधिवक्ता रहेका प्रस्टवक्ता श्रेष्ठले सबै क्रियाशील सदस्य तथा पछी निर्वाचित भएर आउने प्रतिनिधिहरु संग अनुरोध गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।