खोरिया : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
हेर्दा हेर्दै लजाएर
मुटु भित्र सजाएर
प्रभातको नमस्कार
मीठोछ प्यार
जङ्गल आगो लागेछ
आशाले पीर चाँगेछ
खोरिया सँगै फाँडौन
प्रेम बाँडौन ।
कठ्याङ्ग्रीएको जिन्दगी
प्रेमको न्यानो पाएर
फक्रदै दुई ओंठमा
मन्को गोठमा
भोलि त चन्द्रागिरिमा
सम्झनु पालो गजल
स्वागत गर्न चाहन्छु
पर्खि रहन्छु ।
देखाए रिष घरको
मुल्य लौ वढ्यो करको
भ्यागुताको त्यो सुकुटी
सके ढुकुटी
गुराँस टिप्न गएका
हाँगा नै भाँचि ल्याएका
औंठा यो दिंदा डुँडुल्नो
क्वाप्पै निलेका ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।