मनको गुनगुन : छायादत्त न्यौपाने ‘बगर’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
छोराछोरी राम्रा लाग्छन् बाबाआमा अझै
छोराछोरी बाबाआमा मुस्कुराउँदा सबै
हामी सबै राम्रा मान्छे राम्रै काम गर्छौ
सुख दुःख बराबरै आफैले उठाउँछौं
कोही छैन सानो ठुलो उस्तै हुन्छ मान्छे
सबैभन्दा राम्रो लाग्छ जन्मघर मान्छे
फूल राम्रो वास्ना राम्रो श्रम कति राम्रो
हातभरि ठेला उठे पौरखी छ राम्रो
कर्मयोग उच्च सान मान्छे रमाउँछ
विवेकले मान पाए चुलो जलाउँछ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।