नेपाली कांग्रेस बुढानिलकण्ठको सोच र संगठन बदल्न नगर सभापतिमा मेरो दावी छ :राजु विक्रम थापा

नेपाली कांग्रेस बुढानिलकण्ठको सोच र संगठन बदल्न नगर सभापतिमा मेरो दावी छ :राजु विक्रम थापा

कपन अनलाइन

काठमाण्डौ ,असार २० ।

नेपाली कांग्रेस बुढानिलकण्ठका युवा नेता राजु विक्रम थापाले सोच र संगठन बदल्दै नेपाली कांग्रेसलाई बुढानिलकण्ठ नगरपालिकाको पहिलो शक्ति बनाउनका लागि आफुले नगर सभापति पदमा दावी गरेको बताएका छन ।

स्थानीय तहको अधिवेसनको गर्मि बढ्दै गएको समयमा लामो समय देखि नेपाली कांग्रेस बुढानिलकण्ठका विभिन्न जिम्मेवारी र क्षेत्रमा सक्रिय रहेका थापाले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरे संगै अहिले नेपाली कांग्रेस बुढानिलकण्ठको माहोल निकै तातेको छ।

नेपाल तरुण दल बुढानिलकण्ठका सभापति समेत रहेका युवा नेता थापाले विगतको स्थानीय निर्वाचनको परिणाम  बाट गतिलो पाठ सिक्दै अवका दिनमा आम पार्टी कार्यकर्ता तथा नेताहरुको सोच र शैलीको परिवर्तनका लागि युवा नेतृत्व आवस्यक रहेकोले आफ्नो दावेदारी रहेको धारणा राखेका छन।

वर्तमान समयमा बुढानिलकण्ठ नगरपालिकामा सक्ने र गर्नुपर्ने जति भूमिका विपक्षी दल बाट निर्वाह हुन् नसकेको स्विकार्नु पर्ने बताउदै युवा नेता थापाले  राजनीतिमा एक माघले जाडो नजाने भएकोले अवको १० महिनामा हुने स्थानीय निर्वाचनमा पहिलो शक्ति बनाउन नगर समितिमा युवाहरुको हस्तक्षेपकारी भूमिका रहनु पर्ने विचार प्रस्तुत गरेका छन।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ -१२ मा उम्मेदवार बनेका नेता थापाले लामो समय देखि नेपाली कांग्रेस बुढानिलकण्ठ देखिएको विवाद मिलाउदै नगर समितिलाई चलायमान बनाउन निकै महत्वपूर्ण भूमिका खेलका थिए।

विभिन्न युवा क्लव र सामाजिक अभियानमा सक्रिय रहेका थापाको दावीले नेपाली कांग्रेस बुढानिलकण्ठमा ठुलै परिवर्तनको संकेत गरेको चर्चा अहिले नगरपालिकामा चलेको छ ।

तपाइँको प्रतिक्रिया ।