लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्टले धार्मिक स्थल वरपर रहेका जनावरलाइ खाना खुवायो

लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्टले धार्मिक स्थल वरपर रहेका जनावरलाइ खाना खुवायो

कपन अनलाइन

काठमाडौँ, असार २० । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको निषेधाज्ञाको कारण धार्मिकस्थलहरु बन्द रहेका छन ।धार्मिक स्थलहरु बन्द संगै मानिसहरुको चहल पहल समेत कम हुँदा धार्मिक स्थलमा आश्रित रहेका  जनावरलाई समेत खानाको समस्या देखिएपछि विभिन्न संघसंस्थाले खाना जुटाइदिन थालेका छन्।

त्यसै शिलशिलामालायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्टले पाशुपत क्षेत्रमा रहेका जनावरहरुलाई  खाना जुटाएको छ लकडाउन तथा निषेधाज्ञाको कारण पशुपति क्षेत्र  लगायतका धार्मिक क्षेत्रमा मानिसको आवागमन नभएपछि जनावरको खाना समेत प्रभावित बनेको देखेपछि लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्टको पहलमा खाना जुटाएको जोन चियरपर्सन सृजन सापकोटाले कपन अनलाइनलाइ जानकारी गराए ।

 उनले सो काम पहिला देखि नै गर्ने सोच भए पनि लायन बर्ष २०२१।०२२ को इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले  लायन बर्षको सुरुवातको पहिलो हप्तालाई Service Week को रुपमा बिबिध सेवाका कार्यहरु गरि मनाउन  गरेको आव्हानलाइ मध्यनजर गर्दै  क्लबले जनावरहरुलाई खाना खुवाएको जानकारी गराए । त्यस्तै गरि क्लब ले अन्य सामाजिक कार्यलाई पनि निरन्तरता दिने योजना  रहेको उनि बताउछन । यस्तो विषम परिस्थितिमा सरकारले मानिसलाई मात्र नभई यस्ता जनावरका लागि पनि खानाको  व्यवस्था गर्नुपर्नेमा जोडदिदै   उनि भन्छन  हुने हरुले ‘दिनदिनै नयाँनयाँ परिकारहरु घरमा बनाएर खाइरहेका छन , तर यी जनावरको  बारेमा कसले सोच्ने ? जो हाम्रो खानामा निर्भर छन् ।’ त्यसैले पनि क्लब मार्फत  सकेको सहयोग गरेको उनको भनाइ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।