बुढानिलकण्ठ नगरपालिकाको शिरलाई समृद्ध बनाउने अभियानमा वडा अध्यक्ष सुरेन्द्र लामा
कपन अनलाइन
काठमाण्डौ ,असार २०।
बुढानिलकण्ठ नगरपालिकाको शिरमा रहेको वडा नं १ लाई समृद्ध बनाउने अभियानमा सक्रिय बनेका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले निर्वाचनमा गरेका प्रतिवदत्ता अनुसार काम गरिरहेका छन।
नगरपालिकाको उत्तरी सिमानामा रहेको वडा नं १ मा भौतिक पूर्वाधार र सामाजिक विकासलाई समानान्तर रुपमा अगाडी बढाएका अध्यक्ष लामाले प्रकृति ,संस्कृति र स्थानीय शैलीलाई ध्यानमा राख्दै विकासको काम अगाडी बढाएका छन।
आफ्नो कार्यकालको ४ वर्ष ५० दिन पुरा गरेका वडा अध्यक्ष लामाले सडक पूर्वाधार ,खानेपानी ,सामुदायिक भवन ,पार्क निर्माण र सामाजिक विकासका लागि युवा शशक्तिकरणका लागि योजना र कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडी बढाएका छन।
न्यून पूर्वाधार , सिमित श्रोत र विशाल चुनौतीका विचमा निर्वाचित भएर आएका अध्यक्ष लामाले स्थानीय श्रोतको संरक्षण ,प्रकृति र संस्कृतिको प्रवर्धन गर्दै वडा नं १ लाई रोजाइको आवासीय क्षेत्रको रुपमा विकास गर्न सफल भएका छन।
वडा नं १ मा निलोपुल -पन्चकन्या सडक ,तौलुंग चौतारा जाने सडक ,गैरी गाउँ -सिमली -चौकी डाँडा सडक ,जय भद्रकाली विद्यालय – चौतारा -वडा नं २ सिमाना सडक निर्माण सम्पन्न भएका छन भने वडाको पर्यटन प्रवर्धनका लागि डुकुर्नी देवी सामुदायिक बनमा पार्क निर्माण , चिहान डाँडामा पार्क सहित व्यवस्थित चिहान निर्माणको डीपीआर पनि निर्माण गरिएको छ।
खानेपानी सेवाका लागि स्थानीय मूल तथा श्रोत संरक्षणलाई निकै महत्व दिएको वडा नं १ मा नाइँदोलमा ३ लाख लिटरको खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको छ भने अन्य ५ स्थानमा पनि त्यानी निर्माण गरिएको छ। शिवपुरी -नागार्जुन रास्ट्रीय निकुन्ज संगै जोडिएको यो वडा जलाधार क्षेत्रका श्रोतहरुलाई संरक्षण र उपयोग गर्दै खानेपानीमा निर्भर वडा बनाउने अभियानको अन्तिम चरणमा पुगेको छ।
त्यस्तै स्थानीय कला ,धर्म र संस्कारलाई आफ्नो कार्यक्रमको प्राथमिकतामा राखेको वडा नं १ मा अप्सरा घाट ,डुकुर्नी देवी मन्दिर,देवी डाँडा मन्दिर ,सद रुद्रेश्वर महादेव मन्दिर र नसल देवी मन्दिरहरुको पुनर्निर्माण पनि सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा तौलुंग चौतारामा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ भने खानेपानी उपभोक्ता समिति को भवन पनि निर्माण सम्पन्न भैसकेको छ।
वडाको सामुदायिक भवनमा युवाहरुका लागि सुविधा सम्पन्न ब्यामशाला संचालन गरेको वडा नं १ ले वार्षिक रुपमा स्थानीय पर्वहरुको संरक्षणका लागि वार्षीक लोसार कार्यक्रम पनि गर्दै आएको छ।
त्यस्तै भौतिक पूर्वाधार संगै वडा नं १ ले सामाजिक विकासका लागि महिला ,युवा तथा अन्य क्षेत्रमा सयौ कार्यक्रम तथा योजनाहरुलाई पनि सफलता पुर्वक सम्पन्न गरिसकेको छ।