खोपको माग गर्दै नेपाल शिक्षक महासंघले आज देश भरका स्थानिय तहमा धर्ना दिने

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

कोरोना विरुद्धको खोपको माग गर्दै नेपाल शिक्षक महासंघले आज देश भरका स्थानिय तहमा धर्ना दिने भएको छ।

नेपाल शिक्षक महासंघ स्थानिय आन्दोलन परिचालन समितिको संयोजनमा सरकारले शिक्षक कर्मचारीहरूलाई कोभिड – १९ को खोपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि गाउँ/नगर पालिकाको कार्यालयमा धर्ना दिने भएको हो।

महासंघले  बिहान १० बजे देखि १ बजे सम्म उक्त धर्ना दिन लागेको हो ।

तपाइँको प्रतिक्रिया ।