लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियस द्वारा अक्सिजन बैंक स्थापना

लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियस द्वारा अक्सिजन बैंक स्थापना

कपन अनलाइन

काठमाडौँ, असार १८ ।आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले  ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसले अक्सिजन बैंक स्थापना गरेको हो ।लायन बर्ष २०२१।०२२ को इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले  लायन बर्षको सुरुवातको पहिलो हप्तालाई Service Week को रुपमा बिबिध सेवाका कार्यहरु गरि मनाउन गरेको आव्हानलाइ मध्यनजर गर्दै  डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसले अक्सिजन बैंक स्थापना गरेको हो ।

 नेपालमा कोरोनाको दोस्रो भेरियन्टको संक्रमणको दर बृद्दि भए संगै क्लबले  अनौपचारिक रुपमा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक  अक्सिजन सिलिन्डर संकलन गरि सेवा पुर्याउदै आएको थियो सोहि कामलाई  औपचारिक रुपमा निरन्तरता दिने उदेश्य सहित अक्सिजन बैंक स्थापना  गरेको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट लायन विख्यात प्रसाद थपलियाले जानकारी गराए ।

आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई  उक्त अक्सिजन बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको छ ।उक्त कार्यक्रम पुर्व गभर्नर  तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, फर्स्टभाइस  डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, गोकर्णेश्वर नगरपालिका वडा नं १का वडा अध्यक्ष राम मानन्धर  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।