काठमाण्डौ गौरीघाटमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

काठमाडौंको गौरीघाटमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालक काठमाडौंकै गोठाटारका २५ वर्षीय उमेश राउत घाइते भएका हुन् । उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

गौरीघाटबाट नयाँबस्तीतर्फ जाँदै गरेको राउत सवार बा८२प ७४३२ नम्बरको मोटरसाइकल बिहीबार राति करिब ९ बजे आफैँ अनियन्त्रित भई पल्टिएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।