सडक बालबालिकाहरुका लागि “StreetTo Stadium” कार्यक्रम ल्याउदै छौ :मिलन राज धरेल

कपन अनलाइन

काठमाण्डौ ,असार १४।

रास्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेलले सडक बाल बालिकाहरुको सम्मान जनक पुनर्स्थापनाका लागि “StreetTo Stadium”कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन।

परिषदले आयोजना गरेको संचारकर्मी छलफल कार्यक्रममा बोल्दै धरेलले  सडकमा रहेका बाल बालिकाहरुमा निकै ठुलो क्षेमता रहेको र त्यसको उपयोग गर्दै उनीहरुलाई खेलकुदका गतिविधिमा सहभागी बनाउनका लागि विशेष योजना ल्याउने तयारी गरिएको जानकारी दिएका छन।

विभिन्न कारणले सडकमा आउन बाध्य भएका बालबालिकाहरुलाई उद्दार गर्ने र उनीहरुको क्षेमता पहिचान गर्दै रुची अनुसारको खेलमा सामेल गराउने नीति तयार गर्ने अन्तिम चरणमा रहेको जानकारी दिदै उनले सडक बालबालिकामा सुरक्षा र संघर्ष गर्न सक्ने अद्भुत क्षेमता रहकोले त्यसको सदुपयोग गर्नुपर्ने बताएका हुन।

त्यस्तै परिषदले सडक बालबालिकाहरुलाई राज्यको भारका रुपमा लिनु नहुने भन्दै उनले रचनात्मक र सिर्जनात्मक काममा लगाउदै सक्षम नागरिक उत्पादनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।

सो छलफलमा बोल्दै कार्यकारी निर्देशक धरेलले बालबालिकाहरुको उद्दार गरेर उमेर पुगेपछि उनीहरुको व्यवस्थापनमा निकै समस्या देखिएको भन्दै उनीहरुलाई शिपमुलक र व्यवसायिक शिप र शिक्षाको खाँचो रहेको धारणा राख्दै मापदण्ड विपरित संचालनमा रहेका बालगृहहरुको नियमनलाई तीव्रता दिएको जानकारी दिएका थिए।

नेपालमा बढीमा १०० वटा मात्र बाल गृह पर्याप्त रहेको बताउदै कार्यकारी निर्देशक धरेलले सरकारले संचालन गरेका सबै बालगृह बन्द भैसकेको जानकारी दिदै अव सातै प्रदेशमा बालबालिका खोज तलाश केन्द्र तथा अस्थायी आश्रय स्थल स्थापनाको अन्तिम चरणमा रहेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।