बुढानिलकण्ठ-४ का अध्यक्ष राजु खडकाको प्राथमिकतामा पूर्वाधार संगै रचनात्मक विकास

बुढानिलकण्ठ-४ का अध्यक्ष राजु खडकाको प्राथमिकतामा पूर्वाधार संगै रचनात्मक विकास

कपन अनलाइन

काठमाण्डौ,असार १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष राजु खडकाले पूर्वाधार विकास संगै रचनात्मक विकासलाई प्राथमिकतामा राखेर कामहरु गर्दै आएका छन।

वडा नं ४ मा ठुला सडक ,पूर्वाधार ,सामुदायिक भवन निर्माणलाई विशेष प्राथमिकतामा राखेर आफ्नो कार्यकालको ४ वर्ष ४४ दिन पुरा गरेका  अध्यक्ष खडकाले युवा तथा खेलाडीहरुको प्रतिभा विकासका लागि खेल मैदान निर्माणलाई पनि अगाडी बढाएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा वडा नं ३ को पासिकोट घुम्ती- वडा कार्यालय -श्रीराम स्कुल -चंडेश्वरी सडक ( ८ मिटर ) ,वडा कार्यालय गोल्डेन चोक -कपुर चोक -गोर्खाली पुल (वडा नं ६ ) सडक ,चंडेश्वरी -भसंथली लिपिकोट सडक (११ मिटर) , सिदार्थ कोलोनी-पन्चकन्या सडक माथ्लो पासिकोट ( ६ब् मिटर ) सडक निर्माण सम्पन्न गरेको छ भने दर्जनौ भित्रि सडक निर्माणका लागि पनि  बजेट व्यवस्थापन गरिएको छ ।

वडाको धनेश्वर खेल मैदानलाई नगरपालिकाको ठुलो खेलकुद पूर्वाधारका रुपमा विकास गर्न निरन्तर पहल गर्दै आएको वडाले  नगरपालिकले जग्गा मिलानको कानुन निर्माण गरिसकेको जानकारी दिदै चाडै मैदान तयार हुने बताएको छ।

त्यस्तै वडा नं ४ श्रीराम स्कुल दक्षिणमा रहेको करिव ३ रोपनी ३ आना जग्गामा वडा कार्यालय भवन निर्माणका लागि डीपीआर तयार गरेर टेन्डरको प्रक्रियामा रहेको छ भने विष्णुमति कोरिडोर थापागाउँमा सामुदायिक भवन निर्माण सम्पन्न गरेको छ।

आवासीय र प्राकृतिक सम्पदा रहेको क्षेत्रको विकास गरेको वडा नं ४ ले स्थानीय मठ मन्दिर तथा सांस्कृतिक सम्पदाको विकासमा पनि विभिन्न योजनाहरु संचालन गरेकोवडा नं ४ मा  लक्षित वर्गको कार्यक्रमहरुमा पनि वडावासीको सक्रिय सहभागिता रहेको छ।

नियमित रुपमा सामाजिक विकासका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको वडा नं ४ ले युवा क्लव ,टोल विकास समिति ,सामाजिक संघ संस्था ,विद्यालयहरु सहितको सामुहिक पहलमा विभिन्न रचनात्मक अभियानहरु पनि संचालन गर्दै आएको छ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।