गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्वास्थ्य शिविर सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं,असार ७। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  स्वास्थ्य शिविर  सम्पन्न भएको छ। आइतबार  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा  मद्दत नेपाल संस्थाको सह आयोजनामा  रोक्पा कोभिड राहत अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ऐतिहासिक देशेगाउँ स्थित फल्चामा निशुल्क स्वास्थ्य शिविरको साथै नि:शुल्क औषधी समेत प्रदान गरिएको थियो ।

आइतबार बिहान १०:३० बजे देखि ३ बजे सम्म चलेको उक्त स्वास्थ्य शिबिर बाट १२५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य शिबिरमा स्वास्थ्यकर्मीहरुले  निशुल्क प्रेसर, सुगर तथा  बिभिन्न रोगको परिक्षण गर्नुको साथै  निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

फोटो : धुर्ब नापित

तपाइँको प्रतिक्रिया ।