सोलुखुम्बु सदरमुकाम सल्लेरीको होटलमा एक ब्यक्ति मृत भेटिए

सोलुखुम्बु सदरमुकाम सल्लेरीको होटलमा एक ब्यक्ति मृत भेटिए

कपन अनलाइन

काठमाण्डौ ,असार १।

सोलुखुम्बु सदरमुकाम सल्लेरीको एउटा होटलमा एक ब्यक्ति मृत भेटिएका छन् ।  महाकुलुङ गाउँपालिका २ पेल्माङका अन्दाजी २७/२८ वर्षीय मिलन कुुलुङ आज (सोमबार) मृत भेटिएको प्रहरीले जनाएको छ ।

विगत ४ दिन देखि होटलमा बसेका कुलुङ बिहान १० बजे होटल भित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शव भेटिएको क्षेत्रलाई प्रहरीले निगरानी बढाएको छ ।  मुत्युको कारण खुल्न बाँकी रहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।