किवानिज क्लब अफ गोकर्णेश्वर द्वारा कतारकी राजकुमारीको उपस्थितिमा खाध्यान्न सहयोग

किवानिज क्लब अफ गोकर्णेश्वर द्वारा कतारकी राजकुमारीको उपस्थितिमा खाध्यान्न सहयोग

कपन अनलाइन  

काठमाडौं, जेठ २९। बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लव अफ गोकर्णेश्वरले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको  निषेधाज्ञाको  कारण समस्यामा परेका बालबालिका र तिनका अभिभावकहरुलाई पौष्टिक तत्व युक्त खाद्यान्न सहित स्वास्थ्य सामाग्री  वितरण गरेको छ ।

 शुक्रबार किवानिज इन्टरनेसनल नेपाल डिस्ट्रिक k 69 अन्तरगतको  किवानिज क्लब अफ  गोकर्णेश्वरको आयोजना तथा मेरीयट होटेलको सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ८  बेसीगाउमा संचालित चक्र बहादुर मेमोरियल पाठशालामा अध्ययनरत ३५ जना  बिद्यार्थीहरुको परिवारका  लागि  पौष्टिक तत्व युक्त खाध्यान्न सहित कोरोना बाट बाच्न मास्क स्यानीटाईजर वितरण गरेको हो  ।

 

कतारकी राजकुमारी शेका अस्मा अल थानीको प्रमुख आतिथ्यतामा उक्त बिध्यालयमा अध्यनरत  ३५ जना  बिद्यार्थीहरुलाई   पौष्टिक तत्व युक्त खाध्यान्न  प्रदान गरिएको किवानिज क्लब अफ  गोकर्णेश्वरका प्रेसिडेन्ट इलेक्ट  मधुसुदन सिग्देलले कपन अनलाइनलाइ जानकारी गराए।

 कार्यक्रममा चक्र बहादुर मेमोरियल पाठशाला व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी कुमार राज सुवेदी,होटेल मेरीयटका प्रतिनिधि किवानिज क्लब डिष्ट्रिक नेपालका गभर्नर मोहन लम्साल ,डिस्ट्रिक भाइस गभर्नर लक्ष्मण लम्साल , किवानिज क्लब अफ  गोकर्णेश्वरका  अध्यक्ष  राजकुमार भण्डारी, प्रेसिडेन्ट इलेक्ट  मधुसुदन सिग्देल , गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना लगायत  बिध्यालयका शिक्षक बिद्यार्थी, तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । बालबालिकाको हकहितको मुख्य उद्देश्य राखेर किवानिज क्लब अफ गोकर्णेश्वर विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको संस्था हो ।

तपाइँको प्रतिक्रिया ।