अनाधिकृत दोहन र प्लटिङले जोखिममा परेको भन्दै चुनिखेल सापाटारका स्थानीय मिडियामा

अनाधिकृत दोहन र प्लटिङले जोखिममा परेको भन्दै चुनिखेल सापाटारका स्थानीय मिडियामा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

अव्यवस्थित दोहन र प्लटिङले बस्ति नै  जोखिममा परेको भन्दै चुनिखेल सापाटारका स्थानीय मिडियामा आएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सो क्षेत्रमा प्रचलित नियम ,कानुन र वातावारणीय मान्यतालाई खुलेआम लात मार्दै निषेधाज्ञामा पनि दोहन जारी रहे पछी स्थानीयहरु संचार माध्यम गुहार्न बाध्य बनेका हुन।

सामुदायिक बन क्षेत्र तथा रास्ट्रिय निकुन्जको बफर जोनमा रहेका कतिपय क्षेत्रमा प्राकृतिक सौन्दर्यलाई क्षेत् विक्षत बनाउदै भैरहेका कतिपय प्लटिङहरुले जिम्मेवार निकाय बाट अनुमति समेत लिएका छैनन् भन्दै स्थानीयहरुले आफ्नो बस्ति बचाई दिन भन्दै मिडिया गुहार्न बाध्य बनेका हुन।

यसै क्रममा सो क्षेत्रमा अनाधिकृत रुपमा भैरहेको दोहन आफ्नो बासस्थान र जमिन नै जोखिममा परेको स्थानीय भगवती कार्की अधिकारीले कपन अनलाइनलाई सम्पर्क गरेर जानकारी दिएकी छन। उनले सापाटारमा रहेको आफ्नो जमिन ठिक मुनि खन्दा निकै जोखिम बढेको भन्दै प्लटिङवालाहरुलाई अनुरोध गर्दा केवल बनाइ दिन्छौ भन्ने जवाफ पाएको बताइन।

सो क्षेत्रमा रातभरी डोजरले खन्ने र दिउसो माटो तथा बालुवा खुलेआम रुपमा तस्करी हुने गरेको भन्दै स्थानीयहरुले  आक्रोसित बन्दै अव अति भए प्रदर्शनमा उत्रिने चेतावनी पनि दिएका छन।

कोरोना प्रकोपको विषम र जटिल परिस्थितिमा पनि खुलेआम दोहन गर्न  छुट पाउने गिरोहको पहुच र प्रभाव देखेर धेरै प्रश्न उठेको बताउदै एक स्थानीय युवाले नाम नबताउने शर्तमा संचारकर्मीहरुलाई एकान्त पारेर  धम्क्याउने गिरोहको तार कहाँ सम्म जोडिएको छ ? त्यो खोज्न मिडिया पनि चुकेको आरोप लगाएका छन।

 

तपाइँको प्रतिक्रिया ।