समस्या ग्रस्त नेपाल मेडिकल कलेज आत्तरखेलको विक्री प्रकरणमा कर्मचारीहरुको इन्ट्री

समस्या ग्रस्त नेपाल मेडिकल कलेज आत्तरखेलको विक्री प्रकरणमा कर्मचारीहरुको इन्ट्री

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

नेपाल मेडिकल कलेज आत्तरखेलको विक्री प्रकरणमा कर्मचारीहरुको इन्ट्री भएको छ। अस्पतालको विक्री वितरणको विषय संचार  र अन्य माध्यम बाट सार्वजनिक भएपछी निकै समस्यामा परेको अस्पतालका कर्मचारीहरु अहिले अन्यौल,असुरक्षित र पिडित बने पछी स्वतन्त्र कर्मचारी युनियन ( आधिकारिक ट्रेड युनियन ) ले बिज्ञप्ति जारी गर्दै इन्ट्री मारेको हो।

अहिले  मेडिकल कलेज (एनएमसी) प्रा.लि. शिक्षण अस्पताल जोरपाटी अत्तरखेल खरिद गर्न तीन व्यापारीहरुबीच होडबाजी भएको छ । मेडिकल व्यापारीहरु डाक्टर सुनिल शर्मा, बसुरुद्दिन अन्सारी र उपेन्द्र महतोबीच होडबाजी भएको हो ।

नेपाल मेडिकल कलेज जोपाटी राजदरवारका तत्कालीन निजी चिकित्सक सच्चेबहादुर पहाडी, अञ्जनीकुमार शर्माका पुत्रहरु क्रमशः डा. अनिल पहाडी, डा. सुनिल शर्मा, काठमाडौंको चाबहिलस्थित ओम अस्पतालका सञ्चालक डा. भोला रिजाल, डा. आनन्द श्रेष्ठलगायतलको समूहबाट सञ्चालित कलेज हो । यस कलेजमा एमबीबीएसमा मात्र वार्षिक १ सय २० जना विद्यार्थीहरु अध्ययन गर्छन ।

भोला रिजाल कलेजको अध्यक्ष र डा. राजेशकिशोर श्रेष्ठ मेडिकल डाइरेक्टर छन् । कलेजमा पहाडी, शर्मालगायतको ५० प्रतिशत र ओम अस्पतालवालाहरुको ५० प्रतिशत लगानी रहेको जानकार बताइने मेडिकल  कलेजमा  लगानीकर्ताहरुबीचको बेमेलले एनएमसीले ठूलै आर्थिक संकट झेलिरहेको स्रोतको भनाइ छ ।

पहाडी, शर्माहरु कजेल बिक्री गर्न चाहाने तर ओम अस्पतालका लगानीकर्ताहरु बिक्री गर्न नहुने पक्षमा उभिएको अनिर्णित अवस्थामा कलेजको आधिकारिक टेड युनियनले बिज्ञप्ति जारी गदै इन्ट्री मारेको छ।

गैर नाफामुलक संस्थाका रुपमा  २०५२ शाल फागुन २४ गते स्थापना भएको मेडिकल कलेज २०५६ मा प्रालि बने पछी कर्मचारीहरु माथि शोषणको शुरुवात भएको युनियनकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

शुरुवाती लगानी ६ करोड ३० लाख बाट अहिले करिव १० अर्वमा कलेज बेचबिखन गर्ने प्रक्रिया २ वर्ष देखि चलेको उल्लेख गर्दै उक्त बिज्ञप्तिमा दुई तिन जना सेयर धनीहरुले मेडिकल माफियाको चंगुलमा परेर स्वास्थ्य शिक्षा र विरामीको उपचारमा गम्भीर खेलबाड गरिरहेको आरोप लगाइएको छ।

आधिकारिक टेड युनियनको बिज्ञप्ति :   

तपाइँको प्रतिक्रिया ।