पशुपतिको काखमा हुर्केर पनि धर्म भुलेका नरोत्तम बैधलाई आत्मआलोचना गर्न गगन थापाको सुझाव

पशुपतिको काखमा हुर्केर पनि धर्म भुलेका नरोत्तम बैधलाई आत्मआलोचना गर्न गगन थापाको सुझाव

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) बाट २०७४ शालको प्रदेस सभा निर्वाचनमा निर्वाचित भएका बागमती प्रदेसका प्रदेस सभा सदस्य नरोत्तम बैधले दिएको अभियक्तिले राजनीतिमा तरंग पैदा गरेको छ।

विश्वका हिन्दुहरुको अगाध आस्था र विस्वास रहेको पशुपति नाथ क्षेत्रमा जन्मेर हुर्किदै त्यहि लामो समय देखि सेवामा सक्रिय बैधले आफु नाथुराम गोड्से भन्ने भन्दै प्रदेस सभामा दिएको अभिब्यक्तिले उनको सादगीपूर्ण राजनीतिक जिवन र उनले पशुपतिको काखमा बसेर कमाएको सम्मानमा ठुलै आघात पुगेको छ।

बागमती प्रदेसको नीति तथा कार्यक्रम माथि भैरहेको छलफलमा बोल्ने क्रममा एकाएक बैधमा महात्मा गान्धीका हत्यारा हिन्दु कट्टरपन्थी नाथुराम गोड्से बन्ने भुत सवार भएपछी उनि चर्चाको केन्द्र रहेका छन।

निकै धार्मिक र अध्यात्मिक प्रवृतिका बैधले दिएको आपत्तिजनक  अभियक्तिलाई न उनको पार्टीले साथ दियो न त उनको क्षेत्र बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य गगन थापाले नै साथ दिएका छन।  जुनसुकै कोण बाट हेर्दा पनि अन्यन्त गैर जिम्मेवार र असंवेदनशील अभियक्ति दिएका बैध अहिले निकै अफ्ट्यारोमा परेका छन।

नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।नेता थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न सुझाब दिएका हुन् ।

‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन । मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनु हुनेछ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन ।’

 

 

 

तपाइँको प्रतिक्रिया ।