गिङथनहरुलाई नसमेटेको अध्यादेश
कपन अनलाइन
काठमाडौं जेठ २९ / अमर प्रकाश तिवारी
पशुपतिबाट दक्षीण तर्फ रहेको खुल्ला क्षेत्रमा बिहान करिब सय आसपासको संख्यामा दैनिक जसो मजदुरहरू समय अन्तरालमा भेला हुने गर्छन । कहिले कसले त कहिले कसले खानाहरु बाड्ने गरेकोमा पछिल्लो बन्दा बन्दीको समय खाना बाड्ने दानबिर आउन छोडेको, एक ४८ बर्ष युवक बताउछन । अलि अलि नेपाली बोल्ने र इन्डियन भाषा राम्रो बुझ्ने तर हेर्दा मंगोलियन नेपाली अनुहार भएका “गिङथन” थर बताउने ति युवक आफ्नो असली नाम नै बिर्सेछन । नाम सम्झे झैँ गरि भन्छन कसैले “बहादुर” त कसैले “आइते” त कसैले “बले” भनेर बोलाउछ । उनि भन्छन नाम नै बिर्से, हा..हा आ.. उमेर त थाहा छ, अलि मन्द र हसिला ती थर सम्झने तर नाम बिसर्ने गिङथन हातमा नाम्लो लिएर यता उति हल्लिदै, लाज मान्दै भन्छन । अहिले कसैले खाना बाडेको छ कि भेनर बुझ्न आएको हो यहाँ त, आज आएनन कि क्या हो ? यो बन्द खुले पनि काम पाइन्थ्यो, कहिले खुल्छ कुन्नि ? गिङथन पारि पट्टिको इन्डियन ब्यापारिक भबन नजिकै उनको बास हुन्छ, यता पट्टि खाना बाडथ्यो भनेर हेर्न आएका रहेछन ।
साँझ ब्यापारिक भबन त्यतै यसो ओतलाग्ने ठाउमा कार्टुन बक्स ओछ्याएर सुत्ने गर्छन । उनि त्यहाँ बस्दै आएको आगिल्लो बन्द बन्दि बाट हो । सानै उमेरमा गाउ छोडेर मुग्लान (उनको भनाइबाट भारतको कुनै सहर) पसेको उनि, बिश्वोमा कोरोना फैलिए पछि नेपाल फर्केका हुन् । सिन्धुपाल्चोक गाउ भएको र पछि धेरै सानोमा.. करिब ७/८ बर्षको थिए होला, बा को हात समाउदै हेटौडा बसाई सर्ने क्रममा अलमल परेर हेटौडा बजारमै आफु हराएको र बा खोज्दै जादा अर्कै देसमा पुगेको सम्मको कुरो उनलाई याद छ । जहिले पनि मेरो देश नेपाल हो भन्ने हुन्थ्यो र हेटौडामा बा छन् जस्तो लाग्थ्यो । मुग्लान बाट फर्केर बालाई खेजोको तर नपाए पछी ट्रकमा भारी बोक्दा बोक्दै यतै पशुपति मन्दिर सम्म आइपुगेको कहानी बताउछन ।
थुप्रै मान्छे मुग्लान जस्तै भाषा बोल्ने भएकोले यो पशुपति एरियामा बस्न मन लागेको कुरो उल्लेख गर्छन । हुनत नेपाली प्रस्टै बुझ्ने उनि बोल्दा भने भारतीय भाषाको बढी प्रयोग गर्छन । यता तिर ब्यापारीक भबन नजिकैको बाटोमा हिड्ने या पसल भित्र बाट कसैले बोलाउछन कि भनेर चनाखो हुने उनि, हातमा भएको नाम्लो थाप्लोमा नलगाएको महिनौ भएको गुनासो गर्छन । न मुखमा माक्स छ न हात गोडा नै धोए-पखालिएको छ, न समाचार सुन्छन, न चाड पर्व, न परिवर, न सम्पति, दिनभरी काम गर्यो बेलुका खायो । मुग्लानमा जिन्दगी सहज नै थियो कोरोना भन्ने रोगले सबै बन्द गरेकोले नेपाल आउनु पर्यो, दुख त भयो नि, यहाँ त झनै गारो भएको छ, उनि दुखेशो पोख्छन । गिङथनलाई कोरोनको कारण देश बन्द गरेको कुरो राम्रो थाहा छ र यसरी माक्स नलगाई बाहिर हिँड्नु हुँदैन भन्ने कुररो पनि राम्रै जानकार छ । रेडियो नसुने पनि रोग आएकोले एस्तो भएको कुरो पनि थाहा छ ।
देशकै प्रधान मन्त्री, राष्ट्रपतिको नाम मज्जाले भन्ने गिङथन आफ्नो नाम बिर्सिनु भनेको थाहा नै नपाई बा संग हेटौडामा छुट्टिएकोले हो भन्ने बुझछन । एकिनका साथ् थर सम्झने तर नाम बिर्सिनुको कारण सानैमा बा “जाह” (तामांग भाषामा जाह भनेको छोरा भन्ने बुझिन्छ) भनेर बोलाउनु पनि हो, उनि स्पस्ट पार्छन । त्यतिबेला बा ले मेरो नाम बाट मलाई बोलाउनु भएको भए कमसेकम मेरो नाम त थाहा हुन्थ्यो, उनि गनथन गर्छन । तर सन्दर्भ खोतल्दै जादा बसाई सराइको क्रममा हराएक रहेछन । नाम नै बिर्सिएको तर “गिङथन” थर भएको र सम्पतिको नाममा त्यहि एउटा नाम्लो मात्र रहेको जानकारी गराउछन । नेपालको संविधानले नेपाली नागरिकलाई ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ समानता, स्वतन्त्रता, सामाजिक न्याय, फौजदारी न्याय, खाद्य सुरक्षा, रोजगार, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई नागरिकको नैसर्गिक अधिकारको रुपमा व्यवस्था गरिएको छ ।
नागरिकहरुको गास, बास र कपासकका आधिकार त हिजो पंचायत शासनमा पनि थियो । २०४६ र २०६२/२०६३ को परिबर्तन पछी अझ बजबूत भएको नैसर्गिक आधिकार जनतामा बढाएको छ । खाद्य सुरक्षा, रोजगारको ग्यारेण्टी, क्षेतिपुर्तिका व्यवस्था, शिक्षा र स्वास्थ्यमा सहज पहुंच जस्ता मौलिक हकले गरेका व्यवस्था कार्यान्वयनका लागि तीनै तहका सरकारलाई कानूनी तबरमै निर्देशन दिएको छ । कानुन लिखितमा छ तर व्यवहार कठिन छ । बा बेपत्ता भई नेपाल मै जन्मेका गिङथन जस्ता पत्रहरुको नागरिक हुने अधिकार पूर्ण रूपमा सुरक्षित हुनेपर्ने र नेपालको संविधानले प्रत्याभूति गरेको मौलिक हक अंतर्गत खाद्य, रोजगार, स्वास्थ्य र बसोबासको जस्ता नैसर्गिक अधिकारको पूर्ण व्यवस्था गरिएको हुनु पर्ने हो तर यस्ता कुरो तिर सरकार मात्र नभई कुनै निकायको ध्यान गएको देखिदैन ।
यस्ता पत्रहरुलाई कमसेकम कहिँ कतै बाट पनि न्युनतम आधारभुत आवाश्यकता तर्फ पनि ध्यान दिईएको पनि देखिदैन । सरकार टिकाउन फोहरी राजनीति गर्ने, जनता संग कर आसुल्ने, गैर नागरिकलाई सत्तामा पुर्याउन बिबिध कानूनी दाउपेज गर्ने, अपराधि भ्रष्टाचारीहरुलाई आश्रय दिने जस्ता गैरजनमुखी कार्यक्रमलाई बढुवा दिई अध्यादेश नै जारी गरि संरक्षण दिएको उदहारण छन् । गिङथन जस्ता पत्रहरु जो दैनिक ज्यालादारी नागरिकहारुलाई यस्तो महामारीमा पनि कतै बाट सम्बोधन सम्म नहुनु पछिल्लो सरकारको गैर जिम्बेवारी रहेको प्रस्ट बुझिन्छ । गत वर्ष देखि गिङथन जस्ता पत्रहरुले राम्रो संग काम पाएका छैनन भने निषेधाज्ञा अबधिभर राम्रोसंग खान समेत पाएको छैन । उनको हातमा नाम्लो छ, अनुहार मलीन देखिन्छ, भोकले होला सायद नाइटोले पछाडिको मेरुदण्ड छुन जम्मा एक इन्च मात्र बाकि होला ।
मुखमा मास्क लगाएका छैनन् । कामको खोजीमा बिहान देखि निस्केको र महिनौ सम्म पनि एउटा पनि काम नपाएको र एक पैसा पनि कमाइ नभएको बताउदै अधिक पिडित आवाज प्रकट गर्छन । यसो खाना ल्यौथ्ये, खै आजकाल त्यो पनि आउन छोड्यो, न काम छ, न खाना नै, अर्को गुनासो पनि थप्छन । यति लामो सम्बादमा उनले कहिले पनि सरकारलाई दोष दिएनन । मात्र एक कुरो थियो उनको “यहाँ प्राय जसो खाना ल्याउथ्ये, आज किन ल्याएनन” । र उनले आफ्नो आधिकार कुरो कहिले गरेनन, सरकारले जे सुकै गरोस मैले काम पाए हुन्थ्यो । मलाई खाना होइन, काम देउ, खाना म आफै खान्छु, जसलाई भन्नु परे पनि मेरो भन्नु यति नै हो, उनको उक्ति हो यो । दैनिक संघर्ष गर्दै गरेका गिङथन र तह अनुसारका त्यस्तै अन्य धेरै संघर्शसील नेपाली गिङथनहरुको समस्या यथासिघ्र सम्बोधन गर्न सरकारलाई अनुरोध गर्दछन । यदि कसैले साथ दिएनन भने अध्यादेश बाट भएपनि कोरोना महामारीले निम्त्यको यस्ता समस्यहरुको सम्बोधन गर्न यो सरकारसंग गिङथनहरु जोडदार माग गर्दछ ।