योगेस भट्टराईको गम्भीर प्रश्न : किन ,कसले र के लागि नेकपा एमाले भित्र यो सव गर्दैछ ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २६।
नेकपा एमालेका प्रभावशाली युवा नेता योगेस भट्टराईले किन ,कसले र के लागि नेकपा एमाले भित्र यो सव गर्दैछ ? भन्दै गम्भीर प्रश्न गरेका छन। नेकपा एमालेमा पछिल्लो समय देखिएको विवाद प्रति इंगित गर्दै भट्टराईले पार्टीका नेताहरु एक अर्काको हुर्मत लिनका लागि अस्वाभाविक गठबन्धन गरेको तर्फ संकेत गर्दै पार्टी एकताको लागि लाग्न आग्रह गरेका छन ।
भट्टराईले सामाजिक संजालमा राखेको सन्देस :
एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।
तपाइँको प्रतिक्रिया ।