काठमाडौं क्षेत्र नं ३ मा पूर्व प्रतिनिधि सभा सदस्य कृष्ण राइको पहलमा ७ कल्भर्ट निर्माण हुदै
कपन अनलाइन
काठमाडौं, जेठ २६। नेकपा एमाले काठमाडौंका अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३का निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण राईको पहलमा ७ वटा कलभर्ट निर्माण हुने भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र ३ को जगडोल भञ्ज्याङ् , सुन्ताखान , नयाँपाटी हुँदै सुन्दरीजल सडक खण्डको बिभिन्न स्थानमा ७ वटा कलभर्ट निर्माण हुन लागेको हो । करिब ५ करोडमा लागतमा ७ वटा कलभर्ट र २० करोडको लागतमा उक्त सडक बन्न लागेको हो ।
चन्द्रमति , कोल्मति, सुर्यमति, बादरे खोला , स्यालमति, नागमती लगायतका खोलाहरुमा कलभर्ट निर्माण गर्न लागिएको हो । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गत निर्माण हुने सो सडक खण्डमा पुर्व सांसद राईले २० करोड रकम बिनियोजनका लागि सिफारिस गरेका थिए ।जिल्ला समन्वय समिति सदस्य उद्धव भण्डारीले ” निवर्तमान सांसद कृष्ण राई, अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, काठमाडौ डिभिजन प्रमुख कुबेर नेपालीको बिशेष सहयोगले नै आयोजना बिनियोजन र कार्यन्वयन तर्फ अघि बढेको बताएका छन् “।
पूर्व सांसद राइ, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी जिल्ला समन्वय समिती काठमाडौंका सदस्य उद्धब भण्डारी, नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष उद्धब बिष्ट, नेकपा एमालेका नेता गोकुल बिष्ट लगाएको उपस्थितिमा भएको निरीक्षण पश्चात उक्त सडक अन्तर्गत पर्ने गोकर्णेश्वर वडा नं ३ को बांदेरे खोला बाट कल्भर्ट निर्माण कार्य प्रारम्भ गरिएको छ ।