चन्द्रागिरी ८ का अध्यक्ष सन्तोष खड्काको जनपक्षीय काम: खोप लगाउन जाने ज्येष्ठ नागरिकलाइ यातायातको व्यवस्था
कपन अनलाइन
काठमाडौं,जेठ २६ । चन्द्रागिरी नगरपालिका वडा नं ८ले कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष सन्तोष खड्काले जारी गरेको उक्त सुचनामा नेपाल सरकार द्वारा २०७८ साल जेठ २५ गते देखि ६० वर्ष देखि ६४ वर्ष उमेर सम्मका ज्येष्ठ नागरिकलाइ कोभिड १९ बिरुद्दको खोप दिइरहेको हुँदा चन्द्रागिरि नगरपालिका वडा नं ८ मा बसोबास गर्ने ६० वर्ष देखि ६४ वर्ष सम्मका ज्येष्ठ नागरिकहरुको लागि २०७८ साल जेठ २८ गते थानकोट प्राथमिक अस्पताल थानकोटमा खोप दिने भएको हुँदा सो स्थान सम्म जान आउनको लागि वडा कार्यालय मार्फत सवारीसाधनको व्यवस्था गरिएको जानकारी गराएका छन।
उनले २०७८ साल जेठ २८ गते खोप लगाउने ज्येष्ठ नागरिकहरुलाई बिहान ९ बजे १ नं रुट खुशीखुशी, बौथलीचोक ,कन्चनगेट ,शितलबस्ति ,प्रहरी चौकी , बाट खोप केन्द्र सम्म लगिने भएको छ भने २ नं रुट अन्तर्गत ढाक्सीधारा, मूलडांडा, साउनेपानि चोक ,भकुन्डेचौर, टाखेल चौर बाट खोप केन्द्र सम्म लगिने जानकारी गराएका छन ।