कीर्तिपुर नगरपालिकाको कुन वडामा कति कोरोना संक्रमित ?

कीर्तिपुर नगरपालिकाको कुन वडामा कति कोरोना संक्रमित ?

कपन अनलाइन

काठमाडौं जेठ २५। पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा ८६ जनाको पिसी आर बाट  कोरोना परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालीकाले जनाएको छ भने २८ जनाको एन्टीजेन प्रबिधि मार्फत परिक्षण गर्न ७ जनामा पोजेटिभ देखिएको जनाएको छ। यो संगै नगरपालिकाका १८०जना पुरुष र १५७ जना महिला गरि कुल ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये  ३०८ जना होम आइसोलेसनमा रहेको  र अस्पतालको आइसोलेसनमा २९जना रहेको जनाएको छ । त्यसैगरि हाल सम्म नगरपालिकाका ३७ जनाको  कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा कुल ३ हजार९ सय २ जना संक्रमित  भएको र सो मध्ये ३ हजार ५ सय २८ जनाले कोरोना जितेको जानकारी गराएको छ।

संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।

कीर्तिपुर नगरपालिका वडा नं १ मा १८ जना

वडा नं २ मा  ३० जना

वडा नं ३ मा ३२ जना

वडा नं ४ मा २७ जना

वडा नं ५ मा ५७ जना

वडा नं ६मा ५१जना

वडा नं ७ मा  १६ जना

वडा नं ८ मा ३० जना

 वडा नं ९ मा ३४ जना

र वडा नं १० मा ४२ जना गरि कुल संक्रमित  ३३७ जना रहेको  जनाएको छ। कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको  छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न समेत  अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।