बुढानिलकण्ठका खाद्यान्न पसल र मेडिकलमा व्यापक कालोबजारी ,अनुगमन नभएको भन्दै स्थानीय आक्रोसित

बुढानिलकण्ठका खाद्यान्न पसल र मेडिकलमा व्यापक कालोबजारी ,अनुगमन नभएको भन्दै स्थानीय आक्रोसित

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५ ।

बुढानिलकण्ठका खाद्यान्न पसल र मेडिकलमा व्यापक कालोबजारी हुँदा पनि प्रभावकारी अनुगमन नभएको भन्दै स्थानीय आक्रोसित बनेका छन।

नगरपालिकामा संचालित मेडिकलहरुले एउटा सामानलाई मनलाग्दी रुपमा फरक फरक भाउमा बेच्ने गरेको स्थानीय संचार माध्यमहरुले गरेको स्थलगत अध्ययनमा पाइएको छ भने खाद्यान्न पसलहरुले पनि विषम परिस्थितिको फाइदा उठाउदै कालोबजारी गर्दै आएको भन्दै नगरवासीहरु आक्रोसित बनेका छन।

यो हेर्नुस खुलेआम कालोबजारीको नमुना :

https://kapanonline.com/archives/113081

नगरपालिकाले काम चलाउ रुपमा केहि स्थानमा अनुगमन गरेको जस्तो गरे पनि कालोबजारी न्यूनीकरण हुने गरि आकस्मिक अनुगमन र कारवाही नगरेको भन्दै स्थानीयहरुले गुनासो गर्न थालेका छन।

सरकारको बजेट भासण पश्चात साउन बाट बढाउनु पर्ने बजार भाउलाई पसले हरुले अहिले बाट नै वृद्धि गरेर नगरवासीको ढाड नराम्रो संग सेक्दा समेत कुनै देखिने कारवाही वा अनुगमन समेत नगरेको भन्दै एक स्थानीयले तत्काल आवस्यक कदम चाल्नका लागि नगरपालिकालाई आग्रह गरेका छन।

अहिले नगरपालिकाका हरेक मेडिकल र पसलहरुमा मनलाग्दी रुपमा बजार भाउ तय गरिएको छ भने कुनै पनि आवस्यक स्वास्थ्य मापदण्ड समेत पालना गरिएको छैन।

कोरोना प्रकोपको विषम समयमा जनतालाई राहत दिनका लागि नगरपालिकाले तत्काल आकस्मिक अनुगमन गर्नुपर्न देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।