गोकर्णेश्वर नयाँबस्तीमा बोरा भित्र शव भेटियो

गोकर्णेश्वर नयाँबस्तीमा बोरा भित्र शव भेटियो

कपन अनलाइन 

काठमाडौं जेठ २५ ।

काठमाडौंको गोकर्णेश्वर  नयाँ बस्तीमा बोरा भित्र शव भेटिएको छ।

घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको हो ।नयाँबस्ती समता स्कूल नजिक  नयाँ बन्दै  द बर्गर हाउस ग्रुप नजिक रहेको फोहोर फाल्ने ठाउँमा मान्छेको घुँडा भन्दा मुनिको एउटा खुट्टाको भाग मात्र देखिएको शव भेटिएको हो।

हाल महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

 

तपाइँको प्रतिक्रिया ।