Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/क-799x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/ख-1024x650.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/ग-1024x657.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठका फार्मेसीमा व्यापक कालोबजारी :फार्मेसी पिच्छे ह्याण्ड ग्लोब्सको फरक भाउ

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १५।
आज विभिन्न संचार माध्यमका संचारकर्मीहरुको  टोलीले बजारमा भएको कालोबजारी र अनियमितताको सूक्ष्म अध्ययन गर्न केही मेडिकल पसल /फार्मेसीहरुमा थोरै थोरै सामान किन्दै सामानको दर भाउ के कस्तो अन्तर पर्ने रैछ भन्ने बारे सानो स्टिङ्ग अपरेसन गरेका छौँ। सुरुमा निषेश फार्मेसी गणेश चोकमा १० ओटा ग्लोब्स खरिद गरियो, प्रती जोडि २० रुपैयाको दरले हामीले बिल पनि लिएका छौ।
त्यसपछि हामीले बुढानिलकण्ठ नगरपालिकाको ठिक अगाडि रहेको टिम फार्मेसीमा १० जोडि ग्लोब्स खरिद गर्दा प्रती जोडि २५ रुपैया पर्यो ,फार्मेसीले २५० रुपैयाको बिल बनायो ,हामीले निशेष फार्मेसीमा प्रती जोडि २० रुपैया मात्र परेको जानकारी दिने बित्तिकै फार्मेसी संचालकले बिलमा केरमेर गरेर तुरुन्तै २० रुपैया जोडि दरले २०० रुपैया लेखेर बिल सच्याइदिए ।
टिम फार्मेसी संचालकले अरु ग्राहकलाइ फेरि कतिको दरले ग्लोब्स दिन्छन होला भनेर करिब २ घन्टाको अन्तरालमा हामीले अर्को सहयोगीलाइ त्यही फार्मेसीमा १० जोडि ग्लोब्स लिन पठायोउ तर दर फेरि प्रतिजोडी २५ रुपैया पर्यो,बिल लिदा २५० रुपैयाको बिल पनि आयो। फ़ेरि त्यहाबाट थोरै तल गोल्फुटारमा रहेको ॐ नम: शिवाय फार्मेसीमा १० जोडि ग्लोब्स खरिद गर्दा प्रती जोडि ३० रुपैयाँ पर्यो, ग्लोब्सको गुणस्तर उहीँ थियो । हामीले बिल माग्दा थोरै सामानको बिल दिन मिल्दैन भन्दै संचालकले सानो कागजको टुक्रामा ३०० रुपैयाको बिल दिए। यसै क्रममा हामी बासबारी तर्फ हिडयोउ।
बासबारी सहुलियत फार्मेसीले प्रती जोडि २५ रुपैयाले बिल काटेर बिल र ग्लोब्स दियो तत्कालै “अन्त त जोडिको २० मा दिन्छ नि यहाँ किन महङो ” भन्ने बित्तिकै संचालकले बिल र ग्लोब्सको झोला नै खोसिदिए ,” अनुगमन गर्ने को हो तपाइँहरु ,नेपाल सरकार आए पनि यस्तै हो, ल केही सामन दिदैनौ तपाइहरुलाइ ” भन्दै एकछिन उनीहरुले हामीलाइ हप्काए पनि हामी केही नभनी बाटो लाग्यौं ।
त्यस्तै बासबारी कै साइनो फार्मेसीमा ग्लोब्स १० जोडि माग्दै बिल पनि दिनुहोस न भन्दा ग्लोब्सको बिल दिने गरेको छैन भन्दै संचालकले ग्लोब्स नै फिर्ता लिए ।
एक -दुई किलोमीटरको अन्तरालमा बुढानिलकण्ठ सडक खण्डमा रहेका थोरै फार्मेसी पसलहरुमा त यति सानो र एउटै गुणस्तरको सामान खरिद गर्दा मूल्य फरक फरक पर्दछ। वा  भनौ यो एक प्रकारको कालोबजारी नै हो। झन अलिक धरै मात्रामा मेडिकल सामग्री खरिद गर्दा ,निजि अस्पताल आसपास र भित्रै रहेका फार्मेसीहरुमा के कसरी सामाग्री बिक्री भएको होला। सम्बन्धित निकायले अनुसन्धान र अनुगमन गर्नु जरुरी देखिएको छ ।
तपाइँको प्रतिक्रिया ।