Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/196492180_1430702093937933_9005834568684658094_n-791x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नागार्जुन नगरपालिकाको कृषि अनुदान  सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, जेठ २५। नागार्जुन नगरपालिकाले कृषि  अनुदान  सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।  कपिल प्रसाद पौडेल अधिकृत सातौले जेठ २३ गते जारी गरेको सुचनामा नागार्जुन नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को स्वीकृत बार्षिक कार्यक्रम अनुसार निम्न अनुदान कार्यक्रम रहेकोले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्रमा इच्छुक कृषक/ कृषक समुह/ कृषि सहकारी/ कृषक उद्यमी ले नागार्जुन नगरपालिका कृषि विकास शाखामा निवेदन दर्ता गर्नको लागि अनुरोध गरिएको उल्लेख गरिएको छ ।

१ कौशी खेतिका लागि भर्मीकम्पोष्ट मल (९० प्रतिशत अनुदानमा  वितरण)

२ कम्पोष्ट विन स्मार्ट बकेट (९० प्रतिशत अनुदानमा वितरण)

३ बर्षे फलफुलको बिरुवा वितरण (कागती, मुन्ताला ,जुनार अम्बा ९० प्रतिशत अनुदानमा वितरण )

४ इलेक्ट्रिक स्प्रेयर (५० प्रतिसत अनुदानमा वितरण) गर्ने भएको छ  ।साथै माथि उल्लेखित सामग्री लिन आउदा नागरिकता र लालपुर्जाको फोटोकपि अनिवार्य ल्याउनुपर्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।