निषेधाज्ञाको उल्लंघन गर्ने भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना

निषेधाज्ञाको उल्लंघन गर्ने भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५ ।

निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई जिल्ला प्रसासन कार्यालय काठमाण्डौले  ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएको  छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

सोमबार दिउँसो काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुगेको थियो । त्यसक्रममा दिउँसो पनि भाटभटेनीले सामान विक्री गर्ने गरेको पाइएको थियो ।

स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो । प्रशासनले जेठ मसान्तसम्म लागू हुने गरी निषेधको आदेश जारी गरेको छ । खाद्य सामग्री पाइने पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भनिएको छ ।

व्यक्तिले आदेशको उल्लंघन गरे एक लाख र संस्थाले गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया ।