कोरोना संक्रमण वारे जनचेतना जगाउन जनताको घर घरमा पुगे पुर्व सांसद जीवनराम श्रेष्ठ

कोरोना संक्रमण वारे जनचेतना जगाउन जनताको घर घरमा पुगे पुर्व सांसद जीवनराम श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५ ।

काठमाण्डौ क्षेत्र नं ८  बाट २०७४ शालको संघीय निर्वाचनमा बिजयी बनेका पुर्व प्रतिनिधि सभा सदस्य  जीवन राम श्रेष्ठले आफ्नो क्षेत्र जनतालाई कोभिड १९ बारे जागरण गराउदै घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गरेका छन ।

कोभिड -१९  सम्बन्धि जनचेतना अभियान अन्तर्गत  काठमाण्डौ महानगरपालिका वडा नं  २० को भिमसेन स्थान, कोहिती, जैसिदेवल, मजिपात र लाखेननीमा लगायतका क्षेत्रमा श्रेष्ठले जनचेतना सहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेका थिए।

सो  अवसरमा वडा नं  २० का पूर्वअध्यक्ष बिजय कृष्ण श्रेष्ठ र स्थानीयको उपस्थिति रहेको थियोे । यस्तै श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भुमा  ५० बेडको आईसोलेसन केन्द्र समेत संचालन भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।