टाढा भएर के भो ? गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
प्रत्येक माटोको ढुक ढुकिसँग
मेरो प्रीत जोडिएको छ
प्रत्येक माटोको
कण कणसँग
मेरो सजीब आत्मा
गासिएको छ
खेतका सुन्दर नागबेली परेका
कान्ला कान्लामा
मेरो प्राचीन नाता अद्यावधि
सुरक्षित छ ।
म त्यो हरियालीमा रमाउछु
जहाँ मेरो अत्यन्त खुशीको
मुस्कान देखिन्छ
ती हरिया डाडा
सदाबहार वक्षहरु, लताहरु
मेरो सम्झनामा पुलकित भएर हल्लिरहेको
म आज पनि महसुस गर्दछु
वनका पशु पन्क्षी
पोथ्रासँगको रसिलो प्रीत
आज पनि आँखा अगाडि झुम्दैछ
ती कन्चन झरना
नदीको कलकल ध्वनी
अनि तलाउको मत्स्य नृत्यको
चपलता
आज पनि मेरो
आखाँका नानीमा घुमिरहेका छन्
बिहानीको उषाकिरणसँगै
मन्दिरको घण्टीको मधुर ध्वनिले
आज पनि मलाई
उठन संकेत गर्दछ
मेरा आनन्द र आस्थाका प्रतीक
ती मन्दिरहरु सदा मेरो
मेरो हृदय मनमन मस्तिष्कलाई
जागरण दिरहन्छ
यसै प्रतिको अगाध
बिश्वास श्रद्धा र भक्तिले
मलाई मेरो जन्म स्थान
दिनहुँ पु¥याएको हुन्छ
त्यसको प्रत्येक कण कणमा
म त्यही रसिएकोछु
अनि मेरो शरीर
टाढा भएर के भो ?
म सदा त्यही छु
म सदा त्यही छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक