कलह : दुर्गा रिमाल (कविता )

कलह : दुर्गा रिमाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

सोझिने दुना स्वार्थमा सबै
देशको कथा लेखिने कतै
सामदामको चाप्लुसी कुरो
भेगिने अझै घातको चुरो

देश भासिने मात भो पुरा
जालसाजले रोपिने छुरा
झूटको कला बातको गला
तोड फोडले भासिने धरा

दाजुभाइमा भिन्नता रहे
भेदभावमा अन्य पो भए
सूक्ष्म को ? ठुलो मान्य नै सबै
आशमा रमौं देश बन्छ है

रक्तमा धरा दुःखमा धरा
देश बन्धुको शान गो कता ?
देश भासिने देश नासिने
भाइभाइको क्लेस देखिने।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।