दुई कविता : पेशल आचार्य

दुई कविता : पेशल आचार्य

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

शैली
अक्षरहरूले
यसपटक फेरि
आख्यानका गह्रा
र कविताका चउरहरूमा
कौमार्य छरे !

यात्रा
ताराहरूलाई
सीमान्त पीडाको गर्तमा भित्र्याएर
निष्ठुरी त्यो जून
हिँड्यो परदेश ।

तपाइँको प्रतिक्रिया ।