प्रदेस नं १ का मन्त्रि अम्बिरबाबु गुरुङले ओखलढुंगामा नदेखेको स्वर्णिम अवसर

प्रदेस नं १ का मन्त्रि अम्बिरबाबु गुरुङले ओखलढुंगामा नदेखेको स्वर्णिम अवसर

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

ओखलढुंगा जिल्लाको कम्युनिस्ट आन्दोलनमा पहिलो पटक मन्त्रि बन्न सफल भएका  प्रदेस नं १ का भौतिक पूर्वाधार विकास  मन्त्रि अम्बिरबाबु गुरुङले जनताको सेवा गर्ने निकै स्वर्णिम अवसर प्राप्त गरेका छन।

भनिन्छ एउटा अशल नेताको गम्भीर परिक्षा कठिन र विषम समयमा हुने गर्दछ र त्यो परीक्षाको निकै संन्निकट रहेका छन अहिले मन्त्रि गुरुङ। ओखलढुंगा जिल्लाको प्रदेस निर्वाचन क्षेत्र १ बाट सानदार मत सहित बिजेता बनेका गुरुङका अगाडी जिल्लामा जनप्रिय जनप्रतिनिधि बन्ने सुनौलो अवसर देखिएको छ जसको उपयोग गर्न सके उनको राजनीतिक कद निकै बढ्ने देखिन्छ।

ओखलढुंगा जिल्लामा कोरोना प्रकोपको दोश्रो लहरमा समुदाय स्तरमा फैलिएको संक्रमणको विषम समयमा मन्त्रि गुरुङको ओखलढुंगे जनताको विचमा  प्रत्यक्ष र प्रभावकारी भूमिकाको माग अहिले निकै बढेको छ।

आव २०७८/७९ को बजेट निर्माणमा व्यस्त रहेका मन्त्रि गुरुङले जिल्लाका अस्पतालहरुमा पूर्वाधार विकासका लागि खेलको भूमिकालाई धन्यवाद दिदै एक जिल्ला नेताले यस्तो समयमा मन्त्रि आफै उपस्थित भएर अस्पताल विस्तार र पूर्वाधार विकासको नेतृत्व गर्नुपर्ने धारणा राखेका छन।

जिल्लाको स्वास्थ्य सेवा र पूर्वाधार विकासमा फेसबुके राजनीतिले जनता वाक्क भएको भन्दै उनले जिल्लामा  मन्त्रि गुरुङको प्रत्यक्ष उपस्थिति सहितको संयोजनकारी सक्रियता आवस्यक रहेको बताएका छन।

विपदमा परेका जनताले आफ्ना प्रतिनिधिको भूमिका खोजिरहेको अवस्थामा ओखलढुंगा जिल्ला टुहुरो जस्तो भएको एक युवा नेताले बताएका छन। स्थानीय स्तरमा स्वतस्फुर्त रुपमा विभिन्न अभियान चलेको भएता पनि जिल्ला स्तरीय संयन्त्र निर्माण भए अझ प्रभावकारी हुने बताउदै उनले सो बृहत अभियानको नेतृत्व मन्त्रि गुरुङले गर्दा जनतालाई फाइदा पुग्ने धारणा ब्यक्त गरेका छन।

जिल्लालाई प्राप्त स्वास्थ्य अक्सिजन प्लान्ट सहित अन्य पूर्वाधारको संचालन चाडो गराउनका लागि मन्त्रि गुरुङले केहि दिन जिल्लालाई नै मुकाम बनाउनु पर्ने एक शिक्षक बताउछन। फिक्का प्रचार गरेर जस लिने होडले जिल्लामा संक्रमणको भयावह स्थिति आउने सम्भावना रहेको भन्दै उनले यसलाई रोक्ने  प्रमुख दायित्व मन्त्रि गुरुङको काँधमा आएको धारणा राखेका छन।

नेकपा एमालेमा आएको विवाद संगै ओखलढुंगा जिल्लाको कम्युनिस्ट आन्दोलन निकै अफ्ट्यारो अवस्थामा आएको बताउदै एक बुद्दिजीवीले आगामी दिनमा मन्त्रि गुरुङले लिने पहलकदमी र नेतृत्व निकै ठुलो अर्थपूर्ण भूमिका खेल्ने विश्लेषण गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।