नागार्जुन नगरपालिकामा हाल सम्म ९५५ जनाले  कोरोना जिते

नागार्जुन नगरपालिकामा हाल सम्म ९५५ जनाले  कोरोना जिते

कपन अनलाइन

काठमाडौं, जेठ २१। नागार्जुन नगरपालिकामा २०७८ जेठ २० गते सम्ममा १४१८ जना पुरुष र  ११४५ जना महिला गरि कुल  २५६३  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये ९५५ जनाले  कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ३७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १५२३ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ४८ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५७१ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा २६२जना पुरुष र २१८ जना महिला गरि ४८० जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १५८ जना पुरुष र  १५४ जना महिला गरि ३१२ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा ११७  जना पुरुष र ६२ जना महिला गरि १७९ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा  ३१० जना पुरुष र २७२ जना महिला गरि ५८२  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा १०७ जना पुरुष र ९४ जना महिला गरि २०१  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १६३ जना पुरुष र १३९ जना महिला गरि ३०२ जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ७२ जना पुरुष र ५४ जना महिला गरि  १२६ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  २८ जना पुरुष र २९ जना महिला गरि ५७  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा   ९० जना पुरुष र ५२ जना महिला गरि १४२ जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  १११ जना पुरुष र ७१ जना महिला गरि  १८२ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।