गोकर्णेश्वर नगरपालिका वडा नं ३ का बिभिन्न स्थानमा एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिने
कपन अनलाइन
काठमाडौं जेठ २१। गोकर्णेश्वर नगरपालिका वडा नं ३ले नि:शुल्क एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ (साबिक बालुवा गाबिस वडा नं १ देखि ९) सम्म बसोबास गर्ने वडा बासीहरुलाई वडा नं ३ अन्तर्गत गठित कोभिड १९ रोकथाम सम्बन्धि वडास्तरीय सहजीकरण समितिको मिति २०७८ साल जेठ २० गते बसेको बैठकले निम्न स्थान र समयमा एन्टीजेन प्रबिधि मार्फत कोभिड १९ को निशुल्क परिक्षण गर्ने भएको हुँदा निम्न अनुसारको मापदण्ड भित्रका महानुभाबहरुले निम्न स्थान र समयमा उपस्थित भई कोभिड १९ को परिक्षण गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
मापदण्डहरु
१) कोभिड १९ का लक्षण देखिएका मानिसहरु
ज्वोरो, रुघाखोकी , घांटी छाती दुख्ने, गन्ध /स्वाद थाहा नहुने , श्वासप्रश्वास गर्न गार्हो हुने ,
२) कोभिड -१९ संक्रमित भएका परिवारका सदस्यहरु ,
३) औषधी पसल किराना पसल तरकारी पसल, साझा मार्ट ,सुरक्षाकर्मी ,बित्तिय संस्थामा कार्यरत कर्मचारी आदिले निम्न समय र स्थानमा परिक्षण गर्न अनुरोध गरिएको छ ।
१) श्री ग्राम सुधार आधारभूत बिध्यालय गाम्चामा २०७८ साल जेठ २३ गते बिहान ११ बजे देखि २ बजे सम्म
२) गोकर्णेश्वर नगरपालिका वडा नं ३को कार्यालयमा २०७८ साल जेठ २३ गते बिहान ११ बजे देखि २ बजे सम्म
३) श्री तारेभिर आधारभूत बिध्यालय तारेभिरमा २०७८ साल जेठ २४ गते बिहान ११ बजे देखि २ बजे सम्म
४) श्री कृष्ण मन्दिर साबिक बालुवा गाबिसमा २०७८ साल जेठ २४ गते बिहान ११ बजे देखि २ बजे सम्म उल्लेख गरिएको छ।