मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६।

इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको छ ।

इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो । २८ औं मिनेटमा मनीष डाँगीको गोलले नेपाल २–१ को स्थितिमा पुग्यो ।

नेपाललाई दुई गोलमै रोक्दै इराकले लगातार तीन गोल थप्यो । र, पहिलो हाफ अगाडि ४–२ बनायो ।दोस्रो हाफमा नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरु दुई गोल थपेर ६–२ मा खेल टुंग्यायो ।

नेपालले फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेलेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफूभन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

 

तपाइँको प्रतिक्रिया ।