पशुपतिनाथ मन्दिरको प्रवलीकरणका लागि ३५ करोड
कपन अनलाइन
काठमाडौं जेठ १६।
सरकारले पशुपतिनाथ र राम मन्दिरका लागि बजेट विनियोजन गरेको छ । यसअघि पनि जस्तै यसपटक पनि बजेट विनियोजन गरेको छ ।
पशुपतिनाथ मन्दिरको प्रवलीकरणका लागि ३५ करोड बजेट विनियोजन गरेको उल्लेख गरे । यसअघि पशुपतिनाथको जलहरीका लागि सरकारले करोडौं रुपैयाँ निकासा गरेको थियो ।
त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले आजको बजेट भाषणमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख गरेका छन । अयोध्यापुरीमा राम मन्दिरका लागि बजेट विनियोजन गरेपनि कति विनियोजन गरिएको हो त्यो स्पष्ट पारिएको छैन ।
तपाइँको प्रतिक्रिया ।