नागार्जुन नगरपालिकालाई श्यारमिनुब गुम्बाको स्वास्थ्य सामाग्री सहयोग

नागार्जुन नगरपालिकालाई श्यारमिनुब गुम्बाको स्वास्थ्य सामाग्री सहयोग

 

कपन अनलाइन

काठमाडौं, जेठ १३ ।नागार्जुन नगरपालिकालाई श्यारमिनुब गुम्बा नागार्जुनले १ ले स्वास्थ्य सामग्री प्रदान गरेको छ।  नागार्जुन नगरपालिका वडा नं १ का वडा सदस्य रामेश्वर लामाको पहलमा श्यारमिनुब गुम्बाले नागार्जुन नगरपालिका वडा नं १ मा संचालित आइसोलेसनको लागि आवश्यक  स्वास्थ्य सामग्री अन्तर्गत माक्स १  बाकस,  पी पी इ ५० थान, अक्सिमिटर २५ थान स्यानिटाईजर १० लिटर  नगर प्रमुख मोहन बहादुर बस्नेत , उप प्रमुख सुशिला अधिकारीलाइ   हस्तान्तरण गरिएको छ।

विषम परिस्थितिमा गरिएको सहयोगको लागि नगरपालिकाले धन्यबाद ज्ञापन गरेको छ। पछिल्लो समय नागार्जुन नगरपालिकामा संक्रमितको संख्या बढ्दै गए पछि नगरपालिकाले थप सतर्कता अपनाउंदै सामाजिक , भौतिक दूरी कायम गरि    कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न नगर बासीलाई अनुरोध गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।