हिन्दु राष्ट्रको माग गर्दै अनसन सुरु

हिन्दु राष्ट्रको माग गर्दै अनसन सुरु

13781905912700images (51)

कपन अनलाइन\माघ १, २०७१

सनातन हिन्दू राष्ट्र पुनःस्थापना समितिले हिन्दू राष्ट्र नेपाल लेखिएको संविधान जारी गर्न दबाब दिने उद्देश्यस्वरूप रिले अनसन सुरु गरेको छ । झापाको बिर्तामोडमा जारी अनसन माघ ९ गतेसम्म चल्ने समितिका सदस्यले जानकारी दिए ।काँग्रेस कार्यकर्ता हर्कलाल गिरीको अध्यक्षतामा सुरु गरिएको अनसन कार्यक्रमको मुख्य माग भनेको माघ ८ मा हिन्दू राष्ट्र नेपाल उल्लेखित संविधान रहेको कार्यक्रमका संयोजकले प्रकाश पारेका छन् ।

 

नेपाली जनताका हात—हातमा हिन्दू राष्ट्र नेपाल लेखिएको संविधान ल्याउन आफूहरू लागिपरेको कार्यक्रमका सह संयोजकले बताएका छन् । हस्ताक्षर संकलन लगायतका कार्यक्रम सम्पन्न गरिसकेको समितिले माघ ८ सम्म अन्य विविध दबाबमूलक कार्यक्रम संचालन गर्ने पनि जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।