जननी : गंगा लिगल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
जननी तिम्रो अपार माया बिर्सनु कुन रिति
चन्द्र र सुर्य रहदा सम्म मिट्दैन यो प्रीति ।
कलकल नदी बगेर सधैँ पबित्र बन्दछ
ममताको खास्टो ओढाईकन उमंगित ठान्दछ ।
हे आमा मेरी पृथ्वी तिमी शक्तिको आधार
दुःख र कष्ट सहेर पनि मुस्कान छरेर ।
सन्तती माथि मायाको फूल नगन्य छरेर
केवल मुस्कान खिलेको ओठमा हेर्ने रहर ।
अनन्त दुख भोगेकी तिमी सन्तानको लागि नै
आफुले दुःख पन्छाई हिँडदै सुख नै दिनलाई ।
भोक भोकै आफू न अन्न पानी पटुका बेरेर
सन्तानको पेट भर्नको लगि अगाडि सरेर ।
स्वर्ग भन्छन् मानिस त्यो कहाँ छ त
आमाको काखमा अमृत भन्छ्न
खोइ कहाँ छ र आमाको मायामा ।
आमाको माया अत्यन्त चोखो अमृत भरेको
सन्तानको लागि सधैँ नै त्याग समर्पण गरेको ।
स्नेह जडित आमाको काख स्वच्छ छ अत्यन्त
सन्तानको दुःख मुखमा छल्के बस्दछिन रोएर ।
बिशाल सागर रुप हो तिमी आकाश ओढेकी
लहर भई लहरिदैकन पाउमा चुमेकी ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक