गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १६ सय ३७ पुग्यो, कुन वडामा कति संक्रमित ?

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १६ सय ३७  पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौँ, जेठ १० ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ९  गते सम्ममा ८८४  जना पुरुष र ७५३   जना महिला गरि कुल १६सय ३७  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३१ जना पुरुष र २६ जना महिला गरि कुल ५७ जना

वडा नं २ मा ३६ जना पुरुष र ३० जना महिला गरि कुल ६६ जना

वडा नं३ मा ४१   जना पुरुष र २५   जना महिला गरि कुल ६६  जना

वडा नं ४ मा १३०  जना पुरुष र ११६जना महिला गरि कुल २४६  जना

वडा  नं ५ मा  १६८ जना पुरुष र  १२५   जना महिला गरि २९३ जना

वडा नं ६ मा १९१ जना पुरुष र १३५ जना महिला गरि ३५६ जना

वडा नं ७ मा ६४ जना पुरुष र ६८ जना महिला गरि कुल १३२  जना

वडा नं  ८ मा १७५ जना पुरुष र १५२ जना महिला गरि कुल ३२७ जना

वडा नं ९ मा ४८  जना पुरुष र ४६ जना महिला गरि कुल ९४  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ३५६  जनामा कोरोना संक्रमित भेटिएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।