क्यानडाको प्राकृतिक दृष्य : कमला श्रेष्ठ (कविता )

क्यानडाको प्राकृतिक दृष्य : कमला श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

हिजोसम्म सेतै च्यादर ओडेर सुतेकी प्रकृति
आज हरियो सारी लगाएर कपाल भरी
रातै पहेंलै रङ्गी चङ्गी पूmलहरु सिउरिएर
जगमगाउँदै उठेकी छिन्
हिजो सम्म हिउँले ढाकिएको खोलानाला
जुन स्थिर भएर बसेका थिए
आज तछाड मछाड गर्दै
उर्लदै अगाडि बढेका छन्
हिजो सम्म हिउँले ढाकेको
समुन्द्र जस्तै अनि मनोरम ताहको दृष्य
जहाँ डल्फिन नाचेका हुन्छन्
देख्दै मन मोहित हुन्छ
यहाँका होचा हरिया पहाड
यो देशलाई नै परिवेष्टित गरे जस्तो लाग्छ
टन्न मिलेको हरिया घना जंगल
सफा बाटाघाटाले जो कोहीलाई पनि आकशित गर्छ
काठै काठले बनेका आकर्षक पुलहरु
मनिसलेनै कुँदेर बनाए जस्ता
प््रााकृतिक आकर्षक चट्टानको दृष्य
घना जंगलको बीचबाट गएको सफा बाटाहरु
देख्दा मनै पुलंकित हुन्छ
साँच्चै यो प्राकृतिक दृष्यले जो कोहीलाई पनि
मुघ्द बनाइदिन्छ
जाडोमा हिवैं हिउँको थुप्रा देखिने
यो क्यानडा शहर
गर्मी लागेपछि अनन्त सौन्दर्यको
खानी देखिन्छ
यो ईश्वरको लिला
बुझिसक्नु छैन
यो भगवानको लिलै हो
मानिसलाई भुलाउनी
ईश्वर तिमीले के गरी ग¥यौ श्रृजना
जतामा हे¥यो उतामा देख्छु अजिव मदमुक्त

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।