सत्ता : आविष्कार कला (कविता )

सत्ता : आविष्कार कला (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

सत्तामा पुग्ने

राजनैतिक लडाइँ पछि

राष्ट्र-राष्ट्रियताको

उच्चारण बन्द हुन्छ ।

 

बिस्तारै खिया लाग्न थाल्छ

गोर्खाली स्वाभिमान,

नैतिकता र मानवतामा पनि  ।

 

हे वीरका सन्तानहरू

उठ

ऋषि चेतनाले

नेपाली सभ्यता र

संस्कृति बचाउन ।।

तपाइँको प्रतिक्रिया ।