घुम्ती कविगोष्ठी नेपालको १०२ औ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

घुम्ती कविगोष्ठी नेपालको १०२ औँ शृङ्खला जेठ महिनाको दोस्रो शनिबार बिहान आठ बजे प्रविधिमैत्री कविगोष्ठी गरी सम्पन्न भएको छ । घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डितको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिति राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे रहेका थिए  ।

त्यस्तै  विशिष्ट अतिथिमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि थिए भने  अतिथिहरूमा अभिनवकै उपाध्यक्ष विमल अर्याल, घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार कणाद महर्षि, घुम्ती मुक्तक मञ्चका अध्यक्ष निर्मलरमण पराजुली, लक्ष्मी प्रसाद मिश्र, डा. शेषराज आचार्य दीक्षित, गङ्गा कर्माचार्य पौडेल, खोलाघरे साहिँलो र ललिता दोषी रहेका थिए।
घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष माधवलाल श्रेष्ठको स्वागत मन्तव्यसहित कविता वाचनबाट सुरुभएको  कार्यक्रममा अतिथिहरू लगायत सुशील आचार्य, उर्मिला पन्त, तारा केसी, त्रिलोचन आचार्य, रञ्जु खनाल, रामचन्द्र दाहाल, गणेशप्रसाद खतिवडा, कृष्ण चापागाई, टिका पौडेल (दाङ) र परशुराम पराशरले कविता, गीत र गजल वाचन गरेका थिए  ।

परशुराम पाराशरले सञ्चालन गरेको सो  प्रविधिमैत्री कार्यक्रकमा वाचित रचनाहरूको समीक्षा भने घुम्ती कविगोष्ठी नेपालका कोषाध्यक्ष त्रिलोचन आचार्यले गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।