कति राम्रो बानी : भारद्वाज मित्र ( बालगीत )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
सानी नानी सानुबाबु
तिमी रैछाै ज्ञानी
छुनुमुनु गर्ने
कति राम्रो बानी
माम खाए पापा खाए
खाजा खाए पनि
कुलुकुलु गरिहाल्ने
कति राम्रो बानी
पानीमुनि माछीलाई
काेही हाल्छन् बल्छी
घाम झुल्केपछि पनि
काेही सुत्छन् अल्छी
बिहानीकाे घामसँगै
उठ्ने बाबू नानी
हैन तिमी अल्छी
कति राम्रो बानी
तपाइँको प्रतिक्रिया ।